Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

  • 392
    SHARES
  • आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले  निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

    निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    आज बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij