वेबटिभी खबर
बाँके । बाँकेको राप्ती सोनारी गाँउपालिका-२ झुरीखोलामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीनजना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ का ५५ बर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको छ ।
काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०१०२८ च ००४४ नम्बरको जीप बुधबार बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिँदा चालक सहित ४ जना घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारको क्रममा चालकको मृत्यु भएको हो ।
घाइते भएका मध्ये वीरेन्द्रनगर नगरपालिका-७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij