Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चितवन-३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने

चितवन-३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने

  • 513
    SHARES
  • चितवन-३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने

    चितवन । नेकपा एमालेले चितवनको निर्वाचन क्षेत्रनम्बर-३ मा नेपाली कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने भएको छ । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारूढ गठबन्धनबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने जनाएको छ ।

    एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गर्ने लागेकाे हाे ।

    एमालेबाट उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी फिर्ता लिन चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पुगिसकेको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आए पनि आयोगले निर्णय भने गरिनसकेकाे जनाएको छ । कांग्रेसका बागी उम्मेदवार कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij