Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाजुराका दुई सय परिवार पहिरोको उच्च जोखिममा 

बाजुराका दुई सय परिवार पहिरोको उच्च जोखिममा 

  • 355
    SHARES
  • बाजुराका दुई सय परिवार पहिरोको उच्च जोखिममा 

    बाजुरा । लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका-१ साप्पाटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् ।

    मंगलबार आएको अविरल वर्षा संगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले बताए । उनका अनुसार गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित ठाउँमा जाने कतै बाटो नभएपछि पहिरोको बीचमा परेका हुन् ।

    पहिरोले स्थानीयवासीका गाईगोरु, भैँसी, भेडाबाख्रा  बगाएर क्षति पुर्‍याएको विकको भनाइ छ । बस्तीमा रहेका दुई सय परिवारलाई पहिरो नरोकिएदा उद्धार गर्न समस्या भएको छ ।

    बाढीपहिरोका कारण उक्त बस्तीमा जाने कतै बाटो नभएपछि उनीहरूले उद्धारका लागि तत्काल पहल गर्न माग गरेका छन् । पहिरोबाट विस्थापित भएका उनीहरूले सुरक्षित स्थानमा लैजान रुवाबासी चलेको प्रत्यक्षदर्शी विकले बताए ।

    उद्धार हुन नसक्दा दुई परिवारका स्थानीयवासी भोकभोकै पहिरोको त्रासमा बसेका छन् । स्वामीकार्तिकको विर्मामा कर्णाली नदीले पुल बगाएपछि उद्धारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ ।

    लगातारको वर्षाले पहिरो झरेपछि बस्ती नै बग्ने सम्भावना बढेको छ । उक्त बस्तीका स्थानीयवासीलाई उद्धार गर्नका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया सहितको टोली पहिरो प्रभावित क्षेत्रमा गएका छन् ।

    पहिरो गएको क्षेत्रमा पुगेर क्षतिको विवरण र विस्थापित परिवारको तथ्यांक संकलन गरी सुरक्षित स्थानमा सार्न तत्काल राहत उपलव्ध गराउने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

    जिल्लाको पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नान गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित भएर विस्थापित भएकाको उद्धार र राहत वितरण र क्षतिको विवरण संकलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको टोली खटाइएको छ ।

    चार पालिकामा बाढीपहिरोबाट बढी प्रभावित भएको खबर आउन थालेपछि जिल्ला विपद समितिले आज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारसहितको टोलीले राहत वितरण,उद्धार र क्षतिको विवरण संकलन गर्ने गरी टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij