Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • 408
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । झापाको कनकाई नगरपालिका–३ कोटिहोम जंगलमा बुधबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङको उर्लाबारी  नगरपालिका–४ बस्ने ५३ वर्षिय नागेन्द्रप्रसाद कोइराला रहेका छन् ।

    दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

    को २५ प ४६ ५१ नम्बरको मोटरसाईकल आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij