Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कर्णालीका विपद् पीडितलाई राहत उपलब्ध गराउन माग

कर्णालीका विपद् पीडितलाई राहत उपलब्ध गराउन माग

  • 284
    SHARES
  • कर्णालीका विपद् पीडितलाई राहत उपलब्ध गराउन माग

    काठमाडौं । कर्णालीका विपद् पीडितलाई तत्काल राहत उपलब्ध गर्न माग गरिइएको छ ।

    गृहमन्त्री बालकृष्ण खाणसँग कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले बुधबार गृहमन्त्रालयमा भेट गरी माग गरेका हुन् ।

    जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पालगायतका विभिन्न जिल्लामा भएको मानवीय क्षतिसहित बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु क्षतिको स्थलगत अनुगमन गर्न टोलीले गृहमन्त्री खाणसँग अनुरोधसमेत गरेका छन् ।

    यस्तै भौतिक पूर्वाधार सडक, पुल, सिँचाइ, तटबन्ध, विद्यालय भवन, जलविद्युत्, खानेपानी, टेलिफोन टावरमा ठूलो क्षति भई जनजीवन कष्टकर भएकोबारे ध्यानाकर्षण गराउँदै उक्त टोलीले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालसमक्ष मागपत्र बुझाएको छ ।

    पूर्वमन्त्री भण्डारीले कर्णाली प्रदेशको दीर्घकालीन विपद् व्यवथापनका लागि सम्पूर्ण कर्णालीवासीको निजी आवास बीमा कार्यक्रम तथा ‘तिला, हिमा तथा जवानदी नियन्त्रण परियोजना’ सञ्चालन गर्न तथा त्यसका लागि आवश्यक रकम विनियोजन गर्न माग गरिएको जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij