वेबटिभी खबर
जुम्ला । सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष स्ठानीयले माग रेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षेति भएकाले संघीय सरकारलाई राहात, उद्धार तथा पुनर्स्थापनाका लागि आह्नवान गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन ०७४ को दफा ३२ को (१) बमोजिम जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडानम्बर १, ३, ४, ६, ७ र ८, तिला गाउँपालिका वडानम्बर १, २, ३, ४ ६ र ७, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको-३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको केशरीले बताए ।
बाढी पहिरोले जुम्लामा १ हजार ६७५ जना विस्थापित भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार ३१६ घर पूर्ण क्षेति, ४४० घर उच्चजोखिम, ७२६ घरमा आंसिक क्षेति पुगेकाे छ ।
जिल्ला प्रशासनका अनुसार जुम्लामा १० जनाभन्दा बाढीको पहिरोमा परी मृत्यु भएको र १ जना बेपता भएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
१९ असोजदेखि परेको अविरल वर्षा र बाढीले अहिलेसम्म कर्णाली राजमार्ग अवरूद्ध छ । जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक सूचारु गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
ठाउँठाउँमा पहिरो गएकाले अवरूद्ध भएको र सफाइ भइरहेको स्थानीय तहहरूले जनाएका छन् । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसमेत डुवानमा परेको बताए ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगा लगायतका गाउँमा बढीपहिरो आएर विस्थापित भएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij