वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपाल (जसपा) का ४ मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
जसपा गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि बिहीबार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरूलाई हटाएका हुन् ।
जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर साे मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंले राखेका छन् ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेकाे छ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij