Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कालीकोट बाढी : १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

कालीकोट बाढी : १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

  • 615
    SHARES
  • कालीकोट बाढी : १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

    कालीकोट । कालीकोटमा बाढीपहिरोमा परेका १७ जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परेका २३ जना बेपत्तामध्ये ६ जनाको शव भेटिएको छ ।

    पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका-७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ ।

    विष्टको परिवारका पाँच जना पहिरोमा पुरिएर बेपत्ता भएका र तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए ।

    ‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ,’ उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ ।’ तिलागुफा नगरपालिका-४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij