Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशाको नयाँ कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशाको नयाँ कीर्तिमान

  • 348
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशाको नयाँ कीर्तिमान

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

    निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् ।

    देविमाया पनेरूले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) त्यो कीर्तिमान बनाएकी थिइन् ।

    एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला-पुरूष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला-पुरूष फाइनल, ४०० मिटर महिला पुरूष हिट, सटफुट महिला-पुरूषको हिट र फाइनल हुने तालिका छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij