Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाँकी

नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाँकी

  • 392
    SHARES
  • नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाँकी

    काठमाडौ । नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो ।

    यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।

    नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ । सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

  • सम्बन्धित विषय:

  • # मनसुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij