Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउँछु : महेश बस्नेत 

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउँछु : महेश बस्नेत 

  • 451
    SHARES
  • भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउँछु :  महेश बस्नेत 

    भक्तपुर । नेकपा एमालेबाट भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले सत्ता गठबन्धनका नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । ‘गबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’

    प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तर्क्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँग भेटिरहेको उनको भनाइ थियो ।

    ‘हामी सता गठबन्धनका कार्यकर्ताहरूलाई भेटिरहेका छु, ती कार्यकर्ताहरू हामीप्रति सकारात्मक छन्,’ उनले भने ।

    आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रूपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,’ बस्नेतले भने ।

    पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे ।

    उनले भक्तपुर–२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप पनि लगाए । कांग्रेसको यहि कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij