वेबटिभी खबर
काठमाडौं । सयपत्री हाइड्रोपावरको शेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रूपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रूपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रूपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट शेयर कारोबार खुला भएको हो ।
सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता शेयर सूचीकृत भएको थियो । यसअघि आइतबार स्पेसल प्रि-ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि शेयर कारोबार खुला हुन सकेको थिए । एसपीएचएल’ संकेतमा शेयर कारोबार सुरु भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij