Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुदूरका पहाडी जिल्लामा विद्युत् सेवा अवरूद्ध

सुदूरका पहाडी जिल्लामा विद्युत् सेवा अवरूद्ध

  • 401
    SHARES
  • सुदूरका पहाडी जिल्लामा विद्युत् सेवा अवरूद्ध

    डडेल्धुरा । डडेल्धुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरूद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरूद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए ।

    उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरूद्ध भएकोमा अहिले मर्मतको काम जारी छ । मर्मत हुना साथ विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ ।

    अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो । आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए ।

    विद्युत् अवरूद्ध हुँदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युतीय कारोबारमा असहजता भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij