Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आचारसंहिता पूर्ण रुपमा पालना गराउन सिडिओहरूलाई गृहसचिवको निर्देशन

आचारसंहिता पूर्ण रुपमा पालना गराउन सिडिओहरूलाई गृहसचिवको निर्देशन

  • 355
    SHARES
  • आचारसंहिता पूर्ण रुपमा पालना गराउन सिडिओहरूलाई गृहसचिवको निर्देशन

    काठमाडौं । गृहसचिव विनोदबहादुर सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइकासाथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता पालनामा कुनै कसुर बाँकी नराख्न भनेका हुन् । आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार रहन्छ ।

    सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको बताए । 

    निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल बैठक गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij