वेबटिभी खबर
काठमाडौं । रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले सोमबार बेलन डे’अर अवार्ड जितेका छन् । गत सिजन रियल मड्रिडले स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा बेन्जेमाको प्रदर्शन प्रभावशाली रहेको थियो ।
बेन्जेमाले पहिलो पटक बेलन डे’अर जित्ने क्रममा जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका साडियो माने, म्यानचेस्टर सिटीका केभिन डि ब्रुयना र बार्सिलोना आएका रोबर्ट लेवान्डोवस्कीलाई पछि पारे ।
बेन्जेमाले रियलका लागि गत सिजन सबै खाले प्रतियोगिता गरि ४६ खेलमा ४४ गोल गरेका थिए । बेन्जेमा पछिल्लो १० सिजन लगातार बालोन डी अरको मनोनयमा परेपनि अवार्ड पहिलो पटक हो ।
सन् २०२१ मा उनले पहिलो पटक बेलन डे’अरको शीर्ष १० मा स्थान बनाएका थिए । सो वर्ष लियोनल मेसीले अवार्ड जित्दा उनी चौथो स्थानमा रहे ।
यता महिलातर्फ भने बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया प्युटेलासले बालोन डी अर जितिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij