Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • 352
    SHARES
  • बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    बझाङ । बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुपप्र ०१-००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।

    जीप सडकबाट करिब २०० मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

    उनका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म ६ जनाको शव फेला परेको र कतिजना घाइते भएका छन् भन्ने पनि यकिन नभएको सूचना अधिकारी अवस्थीले बताए ।

    मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् ।

    सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडानम्बर-१ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए ।

    भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij