Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्लास्टिकका फूलगुच्छा र माला बिक्रीमा प्रतिबन्ध, १ लाखसम्म जरिवाना 

प्लास्टिकका फूलगुच्छा र माला बिक्रीमा प्रतिबन्ध, १ लाखसम्म जरिवाना 

  • 666
    SHARES
  • प्लास्टिकका फूलगुच्छा र माला बिक्रीमा प्रतिबन्ध, १ लाखसम्म जरिवाना 

    काठमाडौं । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ ।

    वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।

    वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ ।

    कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij