Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

उपत्यकामा सवारी चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

उपत्यकामा सवारी चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

  • 313
    SHARES
  • उपत्यकामा सवारी चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

    काठमाडौं । तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ ।

    प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो । लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन् ।

    सडक बत्ती सम्बन्धि नियम पालना नगर्ने ५०, हर्न बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij