Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गठबन्धनलाई बलियो बनाउनुकाे विकल्प छैन : रामचन्द्र पाैडेल

गठबन्धनलाई बलियो बनाउनुकाे विकल्प छैन : रामचन्द्र पाैडेल

  • 361
    SHARES
  • गठबन्धनलाई बलियो बनाउनुकाे विकल्प छैन : रामचन्द्र पाैडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको बताएका छन् । उनले प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको र यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प नरहेको बताए ।

    शुक्रबार तनहुँको व्यास नगरपालिका वडानम्बर-२ मा निर्वाचन सम्पर्क कार्यालयको शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताएका हुन् ।

    व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको बरिष्ठ नेता पौडेलको भनाइ छ । हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा व्यक्त गरे ।

    गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उनको भनाइ छ । सोही अवसरमा तनहुँ क्षेत्रनम्बर-१ प्रदेश (क) का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताएका छन् ।

    वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीब्रता दिइरहेका छन् । यसक्रममा उनले व्यास,भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदातासँग भेटघाट गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij