Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमालेको चुनाव प्रचारमा संलग्न प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

एमालेको चुनाव प्रचारमा संलग्न प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

  • 374
    SHARES
  • एमालेको चुनाव प्रचारमा संलग्न प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत दल र उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएको भन्दै अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

    प्रधानाध्यापक कुँवर एमालेको चुनाव प्रचारमा संलग्न भएको सूचनाका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

    आयोगले यसअघि नै आचारसंहिताविपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ ।

    आयोगले शिक्षक कुँवरलाई ‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदा रहँदै कुनै दलको सदस्य बन्नुभएको होइन भन्ने आधार के छ ? यदि सदस्य बन्नुभएको हो भने तपाईंलाई राजनीतिक निर्वाचन आयोग ऐन-२०७३ को दफा २३ को उपदफा ९३० बमोजिम कारबाही हुनुपर्ने किन नपर्ने हो ?’ भनी स्पष्टीकरण पत्र पठाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij