Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तीन महिनामा १ खर्ब ८७ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

तीन महिनामा १ खर्ब ८७ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

  • 331
    SHARES
  • तीन महिनामा १ खर्ब ८७ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ३ महिनामा नेपालमा विभिन्न देशबाट १ खर्ब ८७ अर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको तथ्यांक अनुसार वि.सं २०७९ साउनदेखि असोज मसान्तसम्म नेपालमा कुल १ खर्ब ८७ अर्ब ४ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रिने रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    पछिल्लो ३ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भइ १ अर्ब ४७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५.३ प्रतिशतले घटेको थियो ।

    गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भइ १ लाख ३ हजार ८९८ पुगेको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भइ ३९ हजार १८९ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij