Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मोरङमा पटाका ओसारपसार गर्न रोक

मोरङमा पटाका ओसारपसार गर्न रोक

  • 308
    SHARES
  • मोरङमा पटाका ओसारपसार गर्न रोक

    मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारपसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।

    चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।

    उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी दिए । प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij