वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीलाई बधाई दिएका छन् । पार्टीका अध्यक्षसमेत रहेका ओली र वरिष्ठ नेता माधव नेपालबीच संवाद हुनु एमालेका लागि महत्वपूर्ण भएको प्रतिक्रिया जनाएका छन् ।
२३ फागुन ०७७ मा सर्वोच्चको फैसलाले नेकपाबाट पूर्वनेकपा माओवादी केन्द्र र पूर्वनेकपा एमाले ब्युँताएपछि नेकपाको राष्ट्रिय एकता अभियानमा आफू सक्रिय रहेको दाबी गर्दै आएका गौतमले ओली-नेपाल मिलेपछि यसको प्रशंसा गरेका हुन् ।
केही दिनअघि सामाजिक सञ्जालमा उनले झलनाथ खनाल र माधव नेपालले पार्टी फुटाए आफू उनहरुतिरै लाग्ने उद्घाषसमेत गरेका थिए । सामाजिक सञ्जाल फेसबरकमार्फत ओलीलाई बधाई ज्ञापन गर्दै ओली-नेपालको संवाद पार्टी एकता निर्माणका लागि सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
‘नेकपा एमालेका दुई वरिष्ठ नेताहरु अध्यक्ष क.केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क.माधवकुमार नेपालबिच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्वाद सुरु भएको छ । यो नेकपा एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ,’ गौतमले लेखेका छन्, ‘पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। केपी शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij