Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पन्थडिही–कटहरे–हर्मी–साइलीटार सडक कालाेपत्रे गर्न पुनः बोलपत्र आह्वान भएको छ, यसपटक रद्द नहोस् : डा.भट्टराई

पन्थडिही–कटहरे–हर्मी–साइलीटार सडक कालाेपत्रे गर्न पुनः बोलपत्र आह्वान भएको छ, यसपटक रद्द नहोस् : डा.भट्टराई

  • 573
    SHARES
  • पन्थडिही–कटहरे–हर्मी–साइलीटार सडक कालाेपत्रे गर्न पुनः बोलपत्र आह्वान भएको छ, यसपटक रद्द नहोस् : डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधित्व गर्ने निवर्तमान सांसद डा.बाबुराम भट्टराईले गोरखा–२ को रणनीतिक महत्त्वको पन्थडिही–कटहरे–हर्मी–साइलीटार (लमजुङ) सडक निर्माण सुरुवात भएको वर्षौं भइसक्दा पनि सम्पन्न नहुनु आफ्नो निरन्तर प्रयास निरर्थक र लज्जाको विषयमा भएको बताएका छन् ।

    पूर्वप्रधानमन्त्री र अर्थ मन्त्रीसमेत रहेका डा.भट्टराईले अर्थ मन्त्री हुँदा उक्त सडकको सुरुवात गरेका थिए । डा.भट्टराई मंगलबार सामाजिक सञ्जालमा तस्बिरसहित लेखेका छन्, ‘गोरखा–२ को रणनीतिक महत्त्वको पन्थडिही–कटहरे–हर्मी–साइलीटार (लमजुंग) सडक भारतीय Exim Bank को ऋणसहयोगमा बन्न लागेको वर्षौं भैसक्दा पनि यो वा ऊ बहानामा अड्किरहनु र सहजीकरण गर्ने मेरो निरन्तर अथक प्रयास निरर्थक बन्नु मेरा निम्ति ठूलो लज्जाको विषय बन्दै आएको छ !’

    अध्यक्ष डा.भट्टराईले सडक कालोपत्रे गर्न निम्ति ठेक्का प्रक्रिया गत तीन वर्षदेखि पटक–पटक रद्द हुँदै आएकोमा यही कात्तिक ३ मा पुनः बोलपत्र आह्वान भएको उल्लेख गरेका छन् । उनले यसपटक रद्द नभइ समयमा काम पूरा होस् भनेका छन् ।

    आफूले अहिलेसम्म प्रतिनिधित्व गर्दै आएको गोरखा–२ का जनताको असुविधा अन्त्य होस् भन्दै क्षमासहित शुभकामना दिएका छन् ।

    उनले भनेका छन्, ‘मेरै अर्थ मन्त्रीकालमा २०६५/६६ मा सुरु भएको यो सडक कालोपत्रे गर्न निम्ति ठेक्का प्रक्रिया गत तीन वर्षदेखि पटक–पटक रद्द हुँदै आएकोमा यही अक्टोबर २० (कात्तिक ३) मा पुनः बोलपत्र आह्वान भएको छ । यसपटक रद्द नहोस्, समयमा काम पूरा होस् ! मैले अहिलेसम्म प्रतिनिधित्व गर्दै आएको गोरखा-२ का जनताको असुविधा अन्त्य होस् ! क्षमासहित शुभकामना !’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij