Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

शिक्षामन्त्रीको चुनावी फन्डा– सबै विद्यालयमा इन्टरनेट सुविधा पुर्‍याउँछौं 

शिक्षामन्त्रीको चुनावी फन्डा– सबै विद्यालयमा इन्टरनेट सुविधा पुर्‍याउँछौं 

  • 874
    SHARES
  • शिक्षामन्त्रीको चुनावी फन्डा– सबै विद्यालयमा इन्टरनेट सुविधा पुर्‍याउँछौं 

    बाग्लुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउने बताएका छन् ।

    मंगलबार ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीयसँग सहमति गरेर परियोजना अघि बढाउने बताएका हुन् ।

    ‘उत्तरगंगा जलाशयुक्त परियोजना स्थानीयहरूको जग्गाको मुआब्जासम्बन्धी अन्योललाई टुंग्याएर अघि बढाउँछौं’, उनले भने,‘यो वर्ष पनि सरकारले २ करोड बजेट विनियोजन गरेको छ । स्थानीयहरुको सहमतिमै उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं ।’

    उनले मध्यपहाडी लोकमार्गको अछते बिहुँ खण्डको सडकको कामका लागि मन्त्रालय र व्यवसायी (ठेकेदार) लाई नियमित खबरदारी गरेको भन्दै कालोपत्रे चाँडै गर्ने मन्त्रालयले आश्वासन दिएको बताए ।

    बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सय बेडको बनाउने प्रक्रिया स्वास्थ्य मन्त्रालयमा पुगेको बताउँदै मन्त्रिपरिषद्मा पुर्‍याएर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, देशका सबै सार्वजनिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्‍याउने बताएका छन् ।

    देशका धेरै विद्यालयमा आइसिटीसहितको भवन बनिरहेको बताउँदै विद्यार्थीलाई प्रविधिसँग जोड्न इन्टरनेटको आवश्यक हुने भएकाले मन्त्रालयले सबै सार्वजनिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्‍याउने योजनासहित प्रक्रिया अघि बढाएको बताए ।

    उनले १२ कक्षासम्म शिक्षा निःशुल्क हुने आश्वासन दिए । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij