वेबटिभी खबर
तनहुँ । मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लगिएको छ ।
जिल्लाको ऋषिङ गाउँपालिका-१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको हो । मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा उनको बायाँ हातको पाखुरा भाँचिएको थियो ।
दमौली अस्पतालका चिकित्सकले भाँचिएको हात जडान हुनसक्ने बताएपछि उनलाई काठमाडौं लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij