Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कुमारी बैंकको खुद नाफा ८५.०७ प्रतिशत बढ्यो

कुमारी बैंकको खुद नाफा ८५.०७ प्रतिशत बढ्यो

  • 341
    SHARES
  • कुमारी बैंकको खुद नाफा ८५.०७ प्रतिशत बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकको खुद नाफा ८५.०७ प्रतिशतले बढेर एक अर्ब १४ लाख रुपैयाँ पुगेको छ ।

    गत वर्षको यसै अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशतले बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले एक अर्ब २८ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

    यसको सञ्चालन नाफा ८६.०१ प्रतिशतले बढेर एक अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ७६.०८ प्रतिशतले घटेको छ ।

    बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँ ६३ पैसाले बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६ पैसा थियो । यसको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ३६ पैसा छ ।

    कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज हुँदैछन् । मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले ११ असोजदेखि दुवै बैंकको शेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंकले १० असोजमा मर्जरमा जाने सम्झौता गरेका हुन् ।

    मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।

    अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij