Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तनहुँमा डेंगुका संक्रमित बढ्दै

तनहुँमा डेंगुका संक्रमित बढ्दै

  • 398
    SHARES
  • तनहुँमा डेंगुका संक्रमित बढ्दै

    तनहुँ । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेंगुको संक्रमणदर बढ्दो क्रममा छ । डेंगु संक्रमितको संख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा बिरामीहरूको  भिड लागेको हाे ।

    कात्तिक महिनामा मात्र ८८ जनामा डेंगु संक्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा.दिवस ढकालले जानकारी दिए । डा.ढकालका अनुसार जिल्लामा अहिलेसम्म् २१५ जनाको नमूना परीक्षणमा सबैमा संक्रमण देखिएको छ ।

    जिल्लामा भदौको अन्तिम सातादेखि डेंगु संक्रमण फैलिएको थियो भने असोजमा मात्रै १ सय एक जनामा संक्रमण पुष्टि भएको डा.ढकालले जानकारी दिए ।

    डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उनको भनाइ छ ।

    जिल्लामा डेंगु संक्रमणको दर बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंखरबाबु अधिकारीले जानकारी दिए ।

    डेंगुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाई लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले बताए ।

    डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेंगुसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले अनुरोध गरेको छ ।

    एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु संक्रमण हुने चिकित्सकहरू बताउँछन् । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij