Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रजननबारे अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउने

प्रजननबारे अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउने

  • 396
    SHARES
  • प्रजननबारे अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउने

    एजेन्सी, बेइजिङ । चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने योजना गरिरहेको बताइएको छ ।

    शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरु कसरी प्रजनन् गर्छन् र हुर्कन्छन् भन्ने अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउन लागेको हो । वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ ।

    माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि “अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन् वा प्रजनन् गर्छन् भन्ने बारे केही अध्ययनहरू गरिने’,  झाङले बताए । उनी विश्वास गर्छन् कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।

    तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij