Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चुनावी प्रचारमा व्यस्त शीर्ष नेता, आज कता ?

चुनावी प्रचारमा व्यस्त शीर्ष नेता, आज कता ?

  • 402
    SHARES
  • चुनावी प्रचारमा व्यस्त शीर्ष नेता, आज कता ?

    काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताहरूको दौडधुप बढेको छ ।

    चुनावी सभालाई सम्बोधन गर्न नेताहरूलाई भ्याईनभ्याई भएको छ । आज सोमबार पनि शीर्ष तीन नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' सम्बोधनमा व्यस्त रहनेछन् । 

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज धनगढीमा हुने चुनावी सभाहरुमा रहने उनको सचिवालयले जनाएको छ । 

    एमाले सचिवालयका अनुसार ओलीले सोमबार गण्डकीका तीन जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ  र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    त्यसका लागि उनी पोखरा प्रस्थान गरिसकेका छन्।  

    त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज राजधानीमै हुने भएका छन्। आइतबारमात्रै आफ्नो निर्वाचन क्षेत्र गोरखाका कार्यक्रम सकेर फर्किएका प्रचण्ड मंगलबार भने सुदूरपश्चिम र कर्णालीमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । 

    निर्वाचन आयोगका अनुसार दलहरूले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउनेछन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij