वेबटिभी खबर
काठमाडौं । सिद्धार्थ बैंकले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता शेयर बिक्री खुला गरेको छ ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij