Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

'सन् २०२२ मा गर्मीबाट युरोपमा १५ हजारको मृत्यु'

'सन् २०२२ मा गर्मीबाट युरोपमा १५ हजारको मृत्यु'

  • 581
    SHARES
  • 'सन् २०२२ मा गर्मीबाट युरोपमा १५ हजारको मृत्यु'

    कोपनहेगन । सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।

    जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।

    'अहिलेसम्म पेश गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’, डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भने । 

    ‘गर्मीको ३ महिनामा स्पेनमा करिब चार हजार पोर्चुगलमा एक हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा चारहजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन् ।’ उनले थपे।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij