वेबटिभी खबर
काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २.५७ अंकले शेयर बजार ओरालो लागेको हो ।
मंगलबार २७ लाख ७३ हजार बढीको शेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।
२७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
मंगलबार लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम् सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाँको शेयर कारोबार भएको छ ।
सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij