वेबटिभी खबर
जनकपुर । महोत्तरीमा मोटरसाइकल बयललगाडामा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ ।
युवक सवार भारतीय नम्बर प्लेटको बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किएर दुर्घटना भएको हो ।
उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij