Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

शेयर बजार निरन्तर ओरालो 

शेयर बजार निरन्तर ओरालो 

  • 421
    SHARES
  • शेयर बजार निरन्तर ओरालो 

    काठमाडौं । बुधबार नेप्से परिसूचक राताम्मै भएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार आज शेयर बजार २ प्रतिशतले घटेको हो । १८५ कम्पनीहरूको कारोबार हुँदा जम्मा चार वटा कम्पनीको शेयर वृद्धि भएको छ भने १८१ कम्पनी घाटामा गएको नेप्सेले जनाएको छ ।

    बुधबार ३६ लाख ९७ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, माथिल्लो हेवाखोला जलविद्युत् आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०.३३ अंकले मात्र वृद्धि भएको छ ।

    साथै समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिवम् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

    आज सबै उपसुचक राताम्मै भएको छ । माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रोपावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ ले घटेको छ । त्यस्ते बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij