Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • 317
    SHARES
  • यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपातको आँकलन गरिएको छ ।

    महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ । तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij