वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) युवा संघका वरिष्ठ उपाध्यक्षसहित दर्जनौं युवाहरू डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मा प्रवेश गरेका छन् ।
उनीहरू बुधबार नेसपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने सबै जनालाई पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा.भट्टराईले स्वागत गरे ।
जसपा प्रतिगमनकारी कित्तामा उभिएको र संकीर्ण क्षेत्रियतावादी समूहमा परिणत हुँदै गएको छ ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष डा.भट्टराईले मंसीर ४ गते प्रतिगमनकारी शक्तिहरूलाई निर्णायक धक्का दिन युवाहरू सफल रहून् भन्दै शुभकामना दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij