Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : नेसपा अध्यक्ष डा.भट्टराई

संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : नेसपा अध्यक्ष डा.भट्टराई

  • 297
    SHARES
  • संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : नेसपा अध्यक्ष डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

    लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौं क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।

    ‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौंका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु’, उनले भने ।

    पूर्वप्रधानमन्त्री डा.भट्टराईले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताए ।

    गठबन्धनलाई बलियो बनाएमात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij