Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नाकाबन्दी सम्झँदै कमल थापाले भने 'बोल्न डराउने नेताहरूभन्दा नेता ओली ठीक'

नाकाबन्दी सम्झँदै कमल थापाले भने 'बोल्न डराउने नेताहरूभन्दा नेता ओली ठीक'

  • 329
    SHARES
  • नाकाबन्दी सम्झँदै कमल थापाले भने 'बोल्न डराउने नेताहरूभन्दा नेता ओली ठीक'

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् । 

    सामाजिक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देशहितमा हुने दाबी समेत गरेका छन् । 

    ‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्वीटरमा लेखेका छन् । 

    राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij