Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • 309
    SHARES
  • आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । आज मुलुकका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएको छ ।

    राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ ।

    बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

    हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij