Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

वामएकताको पक्षमा वामदेव 

वामएकताको पक्षमा वामदेव 

  • 2.0K
    SHARES
  • वामएकताको पक्षमा वामदेव 

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको टिप्पणी गरेका छन् ।

    २८ औं मदन-आश्रित स्मृति दिवसको दिन श्रद्धाञ्जली व्यक्त गर्दै गौतमले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

     ‘क.मदन र क.आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ,’ गौतमले लेखेका छन् ।

    गौतमले एमालेसहित वृहत् वामएकताका लागि समेत आह्वान गरेका छन् ।

    ‘म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरूमा नेकपा (एमाले) सहित वृहत् वामएकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु,’ उनले लेखेका छन्, ‘यसनिम्ति आआफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरू मुक्त हुन आग्रह गर्दछु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij