वेबटिभी खबर
काठमाडौं । यातायात व्यवस्था विभागले थोरै समयमा धेरै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने क्षमताको मेसिन (मास प्रिन्टर) किन्न बोलपत्र आह्वान गरेको छ । यसअघि पनि विभागले एउटा मास प्रिन्टर किनेर लाइसेन्स छाप्दै आएको छ ।
साना प्रिन्टरले छापेर वितरण गर्दा माग धान्न नसक्ने अवस्था आएपछि विभागले मास प्रिन्टर ल्याएको थियो ।
अहिलेको मास प्रिन्टरले एक घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । कम्तीमा अहिले प्रयोगमा रहेको प्रिन्टरको क्षमता नघट्ने गरी अर्को प्रिन्टर किन्न लागिएको विभागका प्रवक्त इश्वरीदत्त पनेरूले बताए । ‘लाइसेन्स छिटो छापेर सेवाग्राहीलाई दिने वातावरण बनाउन नयाँ प्रिन्टर किन्न लागेका हौं,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij