Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

युक्रेनमाथिको रूसी हमला बर्बर : बाइडेन

युक्रेनमाथिको रूसी हमला बर्बर : बाइडेन

  • 433
    SHARES
  • युक्रेनमाथिको रूसी हमला बर्बर : बाइडेन

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रूसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी–२० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन् ।

    पोल्यान्डमा रूसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनले उक्त कुरा बताएका हुन् । युक्रेनको सिमानानजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो ।

    विष्फोट रूसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्याण्डमा रूसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij