Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मदिरा बोकेका दुईवटा गाडी प्रहरीको नियन्त्रणमा

मदिरा बोकेका दुईवटा गाडी प्रहरीको नियन्त्रणमा

  • 320
    SHARES
  • मदिरा बोकेका दुईवटा गाडी प्रहरीको नियन्त्रणमा

    भैरहवा । रूपन्देहीको शुद्धोधनबाट मदिरासहित दुईवटा गाडी नियन्त्रणमा लिइएको छ । प्रहरीले शुद्धोधनको वडानम्बर-१ बेलवा र वडानम्बर-५ खजुरीयबाट मदिरासहित गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

    आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि मदिरा बिक्री वितरण, ओसारपसारमा प्रतिवन्ध लगाइएको छ ।

    निषेध गरिएको अवधिमा सुद्धोधन-१ बेलवामा शुक्रबार दिउँसो नम्बर नखुलेको गाडीसहित करिब १५ कार्टुन मदिरा नियन्त्रणमा लिएको छ भने शुद्धोधन ५ खजुरियाबाट लु १ च ९२१९ नम्बरकाे गाडीसहित २६ कार्टुन मदिरा बरामद भएको छ ।

    बरामद भएको मादिराको बाहिरी भागमा अन्तशुल्क स्टिकर भए पनि भित्री बोतलमा स्टिकर नभएकाे प्रहरीले जनाएकाे छ ।

    बेलवामा बरामद मदिरा निर्वाचन आचारसंहिता अनुगमन समिति रूपन्देहीका अधिकृत विष्णु प्रसाद ज्ञवालीले नियन्त्रणमा लिई जिल्ला प्रहरी प्रमुखको आदेशमा इलाका प्रहरी कार्यालय रन्यौरा बुझाइएका छन् भने खजुरीयाको बरामद मदिरा ईलाका प्रहरी कार्यालय छपियामा राखिएको छ ।

    स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि प्रशासनलाई खबर गरेका थिए । बरामद मदिरा र गाडीसहित आवश्यक कारबाही हुने प्रहरी अधिकृतहरूले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij