वेबटिभी खबर
महोत्तरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीका सबै क्षेत्रको तयारी पूरा भएको छ । जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिए ।
भूगोलअनुसार नै मतदान केन्द्र र मतदानस्थलको व्यवस्थापन गरिएको छ । निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् ।
जसमध्ये (क) मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, (ख)मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र–२ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये (क) मा २९ मतदानस्थल, ६० मतदान केन्द्र (ख) मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन ।
निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सवैभन्दा बढी छन् । (क)मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र (ख)मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् ।
निर्वाचन क्षेत्र–४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्ये (क)मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र (ख) मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
चार वटै निर्वाचन क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १३१ पुरुष र १ लाख ८१ हजार ८९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij