वेबटिभी खबर
अछाम । नेकपा एमालेका नेता डा.भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम निर्वाचन क्षेत्रनम्बर–१ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।
चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो ।
रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिएका छन् । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij