वेबटिभी खबर
पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि जारी मतदानमा कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।
कास्कीमा उत्साहजनक रूपमा मतदानमा सहभागी भएको भन्दै दिउँसो १ बजेसम्म ४२ प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।
कास्कीमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १५० मतदान स्थलमा ३४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५६८ जना मतदाता रहेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुनः शुरु भएको छ । एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि फेरी सुरु भएको हो ।
नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका फुटाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij