वेबटिभी खबर
काठमाडौं । आइतबार अर्थात् ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५०, राप्रपाले २३२ मत प्राप्त गरेका छन् । भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत बिजयी भएका थिए ।
निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
यसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij