Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

इलाम–१ मा रोकिएको मतगणना अझै सुरु हुन सकेन

इलाम–१ मा रोकिएको मतगणना अझै सुरु हुन सकेन

  • 309
    SHARES
  • इलाम–१ मा रोकिएको मतगणना अझै सुरु हुन सकेन

    इलाम । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

    राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।

    हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मतपरिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका छन्।

    उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका हुन् । बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार सात ८० मत प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # मतगणना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij